१ कार्तिक २०८३, शनिबार

थ्री स्टारले हरायो पुलिस क्लबलाई

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो ।

थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले ६५ औं मिनेटमा अशोक खवासको पासमा गोल गरे । जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ ।

पुलिसको यो छैटौं हार हो । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ ।