३० कार्तिक २०८३, सोमबार

वरिष्ठ उपाध्यक्षको मतगणना: अग्रता बढाउँदै संघई

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको छ ।

हालसम्म १ हजार २ सय मतगणना हुँदा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईले अग्रता बढाएका छन् ।

संघईले ४ सय ५२ मत ल्याउँदै अग्रता बढाउँदा उनका निकटतम् प्रतिस्पर्धी अञ्जन श्रेष्ठले ४ सय १७ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले ३ सय १७ मत ल्याउँदै रामचन्द्र र अञ्जनलाई पछ्याइरहेका छन् ।