२८ आश्विन २०८३, बुधबार

प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गरेका छन ।

अस्पतालको शिलान्यास गर्दै उनले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताएका छन ।

मन्त्री पन्थीले निर्माणाधीन अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउँदै यसलाई देशकै महत्वपूर्ण अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे ।

हरेक पालिकाको आफ्नै अस्पताल निर्माण गरिनुका साथै लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सय शय्यामा विस्तार गर्ने योजना बनाइएको बताए।

सरुवा रोग अस्पतालको आफ्नै भवन निर्माण नहुँदासम्म जग्गा लिजमा लिएर सञ्चालन गरिने उनको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले जग्गा प्राप्ति, प्रारम्भिक वातावरणीय मूल्याङ्कन ९आइइई०लगायत प्रक्रियाका कारण ठेक्का भएको १३ महिनापछि भवन निर्माण सुरु भएको बताएका छन ।

निर्माण ढिला सुरु भएपनि निर्धारित समयमा सम्पन्न गरिने उनको भनाइ छ ।

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताए ।

प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी भवन निर्माणका लागि कपिलवस्तु छनोट गरिएको प्रदेश स्वास्थ्य सचिव डा विनोद गिरीको भनाइ छ ।

भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिनुका साथै प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने बताए ।

कोभिड महामारीको समयमा सङ्क्रमितलाई उपचारमा समस्या भएपछि प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको अवधारणाको विकास भएको थियो । पहिलो चरणमा ५० शय्याको अस्पताल निर्माण हुनेछ ।

विसं २०८१ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी रू २० करोड ९६ लाख तीन हजार तीन सय २६ मा स्काई सगुन जेभी बुटवलले ठेक्का सम्झौता गरेको छ ।