३ कार्तिक २०८३, मंगलबार

सगरमाथा आरोहण गर्न गएका तीन जना गाइडको हिमपहिरोमा परेर मृत्यु

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । हिमपहिरोमा परेर सगरमाथा आरोहणमा गएका तीनजना गाइडको मृत्यु भएको छ ।

बुधबार बिहान गएको हिमपहिरोमा परेर खुम्बु पासाङ गाउँपालिका ५ का तेम्वा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको हो ।

क्याम्प १ तर्फ जानेक्रममा पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरो जाँदा उनीहरूको मृत्यु भएको जानकारी दिइएकाृ छ । मृतकको शव निकाल्न प्रयास गरिएपनि नसकिएको बताइएको छ ।

शव निकाल्न सिम्रिक हेलिकप्टर सो क्षेत्रमा पुगेको थियो ।