२८ आश्विन २०८३, बुधबार

सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको पहिचान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् ।

कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन् ।दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन ।

दुर्घटनामा घाइते भएका ३२ वर्षीय अभिषेक ठाकुरको सिन्धुली अस्पतालमा मृत्यु भएको छ । राति १२:३० बजेको समयमा भएको दुर्घटनामा घाइते दुई जनालाई उद्धार गरी आज बिहान उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा ठाकुरको सोही अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए ।

उक्त दुर्घटनामा अरु तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक सिलवालको भनाइ थियो । मृत्यु हुनेमा ४२ वर्षीय राकेशकुमार सिं, ३६ वर्षीय मनु सिं र ३२ गवर सिं रहेका छन् ।

सिन्धुली हुँदै काठमाडौँतर्फ जाँदै गरेको विआर ०६ डिडि ०६८७ नंम्बरको भारतीय कार अनियन्त्रित भएर बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका– ३ सिन्धुलीगढी नजिकै दुर्घटना भएको थियो ।

कार सडकबाट ५०० फिट तल खसेको थियो । अहिले शव घटनास्थलबाट सडकमा निकालेर शवबहानबाट सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए। नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शव घटनास्थलबाट निकालेको थियो ।

कारमा सवार व्यक्ति धार्मिक यात्राका लागि नेपाल आएको बताइएको छ ।