३ कार्तिक २०८३, मंगलबार

काँग्रेससँग अब वार्ता हुँदैन: गोविन्दराज जोशी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेपाली काँग्रेसको छुट्टै धारको नेतृत्व गर्दै आएका नेता गोविन्दराज जोशीले अब काँग्रेससँग वार्ता नहुने बताएका छन् ।

काँग्रेसले वार्ताका नाममा झुक्याउने प्रयास गरेको भन्दै जोशीले आजबाट वार्ता समाप्त भएको बताएका हुन् ।

‘उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ,’ जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केही दिनअघि मात्रै काँग्रेसले जोशीमाथिको कारबाही फुकुवा गर्दै उपनिर्वाचनका लागि फकाउने प्रयास गरिरहेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर छलफलमा कुरा मिल्न नसकेको हो ।