३० कार्तिक २०८३, सोमबार

रास्वपाको बैठक सर्‍यो, दिउँसो २ बजे बस्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । आज बिहान ९ बजेका लागि बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सरेको छ ।

बैठक आजै दिउँसो २ बजे बस्ने गरी सारिएको रास्वपाले जनाएको छ ।

पार्टीका केहि केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेकाले बैठक दिउँसो सारिएको रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनको भनाइ छ ।

व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न रास्वपाले बैठक बोलाएको हो । अडिओ सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो । श्रेष्ठले अडिओमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका छन् ।

यसअघि मंगलबार रास्वपाको अनुशासन आयोगको बैठक बसेको थियो । समितिले मंगलबारनै पार्टी सभापति रवि लामिछानेलाई अडिओ सम्बन्धी प्रतिवेदन बुझाएको थियो ।