३० आश्विन २०८३, शुक्रबार

झापाको कोटीहोम घाटको छाप्रोमा २० वर्षीया युवती बलात्कृत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २८ चैत । झापाको कोटीहोम घाटको छाप्रोमा २० वर्षीया एक युवती बलात्कृत भएकी छिन् ।

ती युवतीलाई बलात्कार गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका–११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले ती महिलालाई कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।