३० आश्विन २०८३, शुक्रबार

निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित नगरिए अर्थतन्त्र सुधार गर्न सकिदैन : अर्थमन्त्री महत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यापारमा केन्द्रित हुँदै गएको नेपालको निजी क्षेत्रको लगानी उत्पादनमुखी क्षेत्र र उद्योगमा जानुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभामा अर्थमन्त्री महतले उत्पादनका क्षेत्रमा लगानी केन्द्रित हुन नसके मुलुकको अर्थतन्त्रको अवस्था सुधार हुन नसक्ने बताएका हुन् ।

‘निजी क्षेत्रले व्यापारमा मात्रै जान खोज्ने जुन परम्परा छ, अब लगानी उत्पादन क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ । लगानीको वातावरण सहज बनाउनका लागि सबै खालका प्रयास सरकारबाट हुन्छन् । उत्पादन बढाउनतर्फ हामी सबैले सोचौँ,’ उनले भने ।

अहिले अर्थतन्त्रमा समस्या देखिनुमा कुनै एक पक्ष मात्र जिम्मेवार नभई सबैतिर समस्या रहेको उनको भनाइ छ । ‘समस्या सबैतिर छ । निजी, राजनीतिक, प्रशासनिक क्षेत्र सबैतिर कमीकमजोरी छन् । यसलाई स्वीकार्न कुनै हिचकिचाहट गर्नुहुँदैन,’ अर्थमन्त्री महतले भने, ‘चालू आर्थिक वर्षको नौ महिना बितिसक्यो, अहिले बल्ल ठेक्का प्रक्रिया अघि बढिरहेका छन् । हाम्रो प्रभावकारिता र पारदर्शिता बढ्न जरुरी छ ।’

अर्थतन्त्रमा परेको अहिलेको दबाब र अप्ठयारोलाई सरकारले गम्भीरताका साथ लिएको उनको दाबी छ ।