३ कार्तिक २०८३, मंगलबार

आफूलाई बचाइदिन भन्दै ढाकाकुमारको दुर्गा प्रसाईलाई हारगुहार (भिडिओसहित)

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । दुर्गा प्रसाईसँग दुई करोड मागेर विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई बचाउन भन्दै प्रसाईका सहयोगीलाई फोन गरेको अर्को अडिओ सार्वजनि भएको छ ।

प्रसाईका सहयोगी यदु गौतमलाई फोन गरेर श्रेष्ठले आफूलाई बचाउन हारगुहार गरेका अडिओमा सुन्न सकिन्छ । श्रेष्ठले गौतमसँग व्यवसायी प्रसाईले आफ्नो अडिओकाबारेमा सकारात्मक बोलिदिए सहज हुने बताएका छन् ।

‘दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थता गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर । अब यो नहुने कुरालाई बढाएर के फाइदा ?’ श्रेष्ठले प्रसाईका सहयोगी गौतमलाई भनेका छन् ।

सार्वजनिक अडिओमा ढाकाकुमार भन्दाअघि उनका भाइले दुर्गा प्रसाईंलाई फोन गरेको अडिओ पनि सुन्न सकिन्छ ।

‘दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो । दाईले एकपटक भेट्न खोज्नु भएको छ,’ भनेका छन् । व्यवसायी प्रसाईले पनि आफूले सहयोग गर्ने बताएका सुन्न सकिन्छ ।