३ कार्तिक २०८३, मंगलबार

हतियार देखाउने चक्रे मिलनका सहयोगी पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । हतियार देखाएको भन्दै प्रहरीले चक्रे मिलनका सहयागीलाई पक्राउ गरेको छ ।

नेपालगञ्जमा हतियार देखाएर बनाएको भिडिओ बाहिरिएपछि प्रहरीले गणेशबहादुर बोगटीलाई पक्राउ गरेको हो ।

चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको भिडिओमा बोगटीले हतियार देखाएका थिए । सोमबार नेपालगञ्जमा आयोजित युवा संघको कार्यक्रममा चक्रे सहभागी हुन जाँदा उनका सहयोगी बोगटी हतियारसहित पुगेका थिए ।

हतियारको लाइसेन्स भएको पाइएपनि सार्वजनिक रूपमा प्रदर्शन गर्न नपाइने प्रहरीले जानकारी दिएको छ । उनी माथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।