
कठमाडौं, २८ चैत । चितवनस्थित भरतपुर अस्पतालको नाममा नक्कली कोरोनाको रिपोर्ट बनाएको खुलेको छ ।
अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर दुरुपयोग गरी नक्कली कोरोना रिपोर्ट बनाएको खुलेको हो ।
अस्पतालले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको पाइएको जानकारी दिएको हो ।
अस्पतालमा गत माघ १३ गतेदेखि नै कोरोनाको पीसीआर परीक्षण रोकिएकोमा परीक्षणको नक्कली रिपोर्ट तयार पारेको पाइएको अस्पतालले जनाएको हो ।















प्रतिक्रिया