
काठमाडौं, २८ चैत । बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
बैठकले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्व स्वीकार्य बनाउने सहमति गरेको छ । यस विषय र प्रकियामा पुनः छलफल गर्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत भएको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागि थिए ।
तीन दलका शीर्ष नेताहरुको अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने निर्णय गरेको छ ।












प्रतिक्रिया