३० आश्विन २०८३, शुक्रबार

देश बनाउने जिम्मा युवाको काँधमा आइसक्यो, अनुशासित भएर अघि बढ्नुहोस् : केपी ओली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने जिम्मा युवाहरूको काँधमा आइसकेको बताएका छन् ।

नेपालगञ्जमा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले युवा भनेको देश बनाउने कर्मठ व्यक्तित्वहरू भएकाले अनुशासनमा बसेर काम गर्नुपर्ने बताए ।

देश बनाउने सन्दर्भमा युवाहरूले काफी काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले घामजुन रहुञ्जेलसम्म रहन्छ भनिएको पञ्चायत र राजतन्त्रको समेत अन्त्य गरिएको स्मरण गरे । युवाहरूले ऊर्जा र जोशका साथै हिम्मत देखाउने हो भने सम्भावनाहरू अथाहा रहेको अध्यक्ष ओलीको भनाइ छ ।

युवाले भविष्य कस्तो बनाउने भन्ने कुरा सोच्नुपर्ने बताउँदै अध्यक्ष ओलीले युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा बारम्बार जोड दिए । अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले देशमा अहिले विभिन्न विकृति र विसङ्गति भए पनि त्यसलाई रोकेर देशलाई ओरालो लाग्नबाट बचाउन सकिने चर्चा गर्दै अध्यक्ष ओलीले हामी काम गर्न सक्छौँ भन्ने कुरा एमालेले छोटो समयमा नै प्रमाणित गरिसकेको बताए ।

एमालेको नेतृत्व र आफू समेत प्रधानमन्त्री हुँदा देशमा भएका असाधारण कामहरूबारे चर्चा गर्दै उनले देश बनाउनका लागि एमाले नेतृत्वको सरकार बन्नैपर्ने धारणा अघि सारे ।