३ कार्तिक २०८३, मंगलबार

बालिका बलात्कार गर्ने व्यवसायी सुशील चटौतलाई १८ वर्ष जेल सजाय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । बालिका बलात्कारमा दोषी ठहरिएका व्यवसायी सुशील चटौतलाई १८ वर्षको कैद सजाय तोकिएको छ ।

जिल्ला अदालत ललितपुरले चटौतलाई १८ वर्ष एक महिनाको जले सजाय र पीडितलाई आठ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

चटौतले बझाङकी बालिकालाई पालन पोषण र शिक्षा दिने भन्दै ल्याएर यौन शोषण गरेका थिए । बालिकालाई बलात्कार गरेको भन्दै वैशाख ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।