
पाल्पा, २७ चैत । पाल्पामा १० वर्षीया बालिका ३७ वर्षीय पुरुषद्वारा बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा तानसेन नगरपालिका–११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिलाबहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया