३० आश्विन २०८३, शुक्रबार

एकैदिन १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १० जनाको आईसीयुमा उपचार हुँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ५६६ जनाको स्वाब परीक्षण गर्दा १२४ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र एक हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ५५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा २९ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४४ जना छ । सक्रिय सङ्क्रमितमध्ये २१ जना आइसोलेसन, १० जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १ हजार ८७७ जना पुगेको छ भने ९ लाख ८९ हजार ४१३ जनाले संक्रमण जितेर निको भएका छन् ।

कारोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।