
काठमाडौं, २७ चैत । सशस्त्र द्वन्द्वका कारण पीडित सुरक्षाकर्मीका परिवारले काठमाडौंमा धर्ना दिएका छन् ।
पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्नुपर्ने भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले सोमबार काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन् ।
उनीहरूले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गर्नाका साथै पीडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन् ।
यसअघि पनि द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनले आफूहरूमाथि विभेद गरेको उनीहरूको आरोप छ ।
















प्रतिक्रिया