२८ आश्विन २०८३, बुधबार

महिलाको फेसबुक बनाएर ६० लाख ठग्ने पर्वतका युवक पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् ।

आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएर पीडितलाई फ्रेन्ड रिक्वेस्ट पठाइ ठगी गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

साथी भएपछि वार्तालाप हुँदै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको र प्रेममा पारिसकेपछि शर्माले नक्कली आईडीबाट पीडित युवालाई विभिन्न प्रलोभनमा पारेर रकम माग गर्न थालेको प्रहरीको भनाइ छ ।

पीडित युवाबाट ६० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी साइबर ब्यूरोमा परेको थियो । त्यही उजुरीमाथिको अनुसन्धानका क्रममा शर्मा पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले फोटो दुरुपयोग गरी नक्कली अकाउन्ट बनाएको देखिएको छ ।

शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।