२८ आश्विन २०८३, बुधबार

कर्णाली प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेकपा ‘एमाले’ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पर्छाइले संयुक्तरूपमा राजीनामा बुझाएका थिए ।

आज नेकपा ‘एमाले’ कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए।

गत पुस २७ गते एमालेले नेकपा ‘माओवादी केन्द्र’का प्रदेशसभा दलका नेता शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो । एमालेको समर्थनमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए ।

सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने भएको छ ।