
नवलपुर, २७ चैत । नेकपा (एमाले) का संगठन विभाग प्रमुख खगराज अधिकारीले मिसन ग्रासरुट देश र जनतालाई जोगाउने अभियान भएको बताएका छन्।
कावासोती नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले अभियानले राष्ट्रियताको सवालमा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरुले कहिल्यै सम्झौता नगर्ने बताए।
‘मेरो सन्तानका लागि मेरो देश म बनाउँछु’ भन्ने प्रण हरेक नेता र कार्यकर्ताले गर्नुपर्ने उनको भनाई थियो। सस्तो लोकप्रियताका लागि समस्याको वकालत गर्नेहरुले व्यबहारिक रुपमा समाधान गर्न नसक्ने उनले बताए ।
‘बोलेर, प्रश्न गरेर मात्रै हुँदैन समाधान गर्ने ल्याकत राख्नुपर्छु,’ उनले भने । केन्द्रका सरकार संघीयता विरोधी मानसिकतामा रहेको उनले बताए । ‘७० प्रतिशत केन्द्रमा राखेर कसरी संघीयता सफल बन्छु ?,’ अधिकारीले प्रश्न गरे ।
प्रदेशलाई बलियो र अधिकार सम्पन्न बनाउन सके मात्रै संघीयता सफल हुने उनको भनाई थियो । गठबन्धनका दलबाट देश विकास सम्भव नभएको अधिकारी बताए । ‘ुस्वार्थ केन्द्रित गठबन्धन केवल राजनीतिक लाभका लागि मात्रै बनेको छ। संघीयता विरोधी पनि रहेको गठबन्धनले जनताको पक्षमा काम गर्दैन,’ अधिकारी भने ।
उनले गठबन्धनलाई तोडेर नेपालको पहिलो पार्टी एमाले बन्नु कार्यकर्ताहरुको अथक मिहेनतको परिणाम भएको भन्दै कार्यकर्तालाई धन्यवाद दिए ।
आगामी निर्वाचन एमालेलाई अझ बलियो र लोकप्रिय बनाउन नेतादेखी कार्यकर्ताहरुलाई प्रशिक्षित, सुदृढ र सक्रिय बनाउन मिसन ग्रासरुट अभियान संचालन गरिएको बताउदै उनले अब एमाले अझ परिस्कृत र नयाँ बन्ने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया