३ कार्तिक २०८३, मंगलबार

भारतीय सुरक्षाकर्मी नेपाल आएर अमृतपाललाई खोज्दा हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो: रघुजी पन्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भारतीय अपराधी अमृतपाल सिंह नेपाल आएको आशंकामा भारतीय सुरक्षाकर्मी नेपाल छिरेर खोजिरहेकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले भारतीय सुरक्षाकर्मी अनुमित बिना नै नेपाल छिरेर अमृतपाललाई खोज्दा नेपाली सुरक्षा संयन्त्रमाथि अविश्वास उठेको पन्तले बताएका छन् ।

नेपालले कुनै पनि विखडन र आतंककारी गतिविधिलाई नसघाउने भन्दै बाह्य देशका सुरक्षाकर्मीलाई अनुमति विना नेपाल आउन नेपालको कानुनले नदिएको बताए ।

‘वीरगञ्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरु छापिएका छन्’, उनले भने, ‘कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ । उदाहरणको लागि चाल्र्स शोभराजलाई लिन सकिन्छ तर हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास हुनेगरी अहिले भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन् भने हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो,’ उनले भने ।