
काठमाडौं, २७ चैत । काठमाडौं महानगरपालिकाले आज (सोमबार) पनि सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर उठाएन ।
महानगरपालिकाका मेयर बालेन साहले आइतबार यी तीन स्थानका फोहोर नउठाउने घोषणा गरेका थिए ।
काममा सरकारले असहयोग गरेको भन्दै बालेनले फोहोर नउठाउने घोषणा गरेका थिए ।
महानगरले फोहोर नउठाएपछि अहिले सिंहदबार, बालुवार र शीतल निवासमा फोहोर थुप्रिएको छ ।















प्रतिक्रिया