
काठमाडौं, २७ चैत । काठमाडौंको डिल्लीबजारमा रहेको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ।
कन्सल्टेन्सीबाट कीर्ते काम भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । प्रहरीले कन्सल्टेन्सीबाट चारजनालाई पक्राउसमेत गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी छन् ।
प्रहरीले सरकारी कार्यालयका छाप, कागजातहरूसमेत बरामद गरेको छ । थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिइएको छ ।















प्रतिक्रिया