
काठमाडौं, २७ चैत । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा सातसयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा दश रूपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको















प्रतिक्रिया