३ कार्तिक २०८३, मंगलबार

एसईईका विद्यार्थी सवार गाडी दुर्घटना, एकजनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । कैलालीमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थी सवार गाडी दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु भएको छ ।

चुरे गाउँपालिका फल्टुडेमा सु-प- प्र ०१००१ ज १४२३ नम्बरको जिप आइतबार साँझ दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको हो ।

दुर्घटनामा १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन।

गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।