३ कार्तिक २०८३, मंगलबार

२ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि म सँग धन्दा चल्दैन: रवि लामिछाने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टहरूलाई जोगाउने पार्टी नभएको बताएका छन् ।

रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि लामिछानेले लेनदेनको कुरा सहन नसक्ने प्रष्ट पारेका हुन् । उनले बेथितिको बचाउ नगर्ने भन्दै उदाङ्गो बनाउने बताएका छन् ।

‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं। कडाभन्दा कडा कारवाही गर्छौ। बेथितिको बचाउ गर्दैनौं बरु उदाङो पारी दण्डित गर्छौ,’ उनले भनेका छन् ।

लामिछानेले पृथ्वी भरीको पैसा दिन्छु भने पनि आफूसँग लेनदेनको धन्दा नचल्ने बताएका छन् । पार्टीमा नयाँ मान्छेलाई चिन्न गार्‍हो भएपनि विधि रहेको भन्दै कुहिएको आलुलाई निकालेर बोरा जोगाउन आफूलाई आउँने बताएका छन् ।

‘२ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि म सँग यो धन्दा चल्दैन भन्ने सब लाई थाहा छ। हो, पार्टी नयाँ छ,मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन। रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ। अब यसलाई चुनावी हतियार बनाउदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइदै छ,’उनले सामाजिक सञ्जालमा लेखेका छन् ।