३० कार्तिक २०८३, सोमबार

ढाकाकुमारलाई रवि लामिछाने र उनकी श्रीमतीले पैसा माग्न लगाएका हुन्ः दुर्गा प्रसाईं

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई उनको पार्टीका सभापति रवि लामिछाने र उनकी श्रीमतीले पैसा माग्न लगाएको दाबी गरेका छन् ।

उनले ढाकाकुमार एक पात्र मात्र भएको बताउँदै धेरै पार्टी भित्र त्यस्ता पात्र हुने र उनीहरुलाई चलाउने पार्टी प्रमुख र उनका श्रीमती हुने गरेको आरोप लगाए ।

व्यवसायी प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि एक टिभीलाई अन्तरवार्ता दिँदै प्रसाईंले आफैले उक्त अडियो सार्वजनिक गर्न लगाएको बताए ।

उनले रविको पार्टी बारे सबै जनताले समयमै बुझुन भन्ने हेतुले अडियो टेप सार्वजनिक गरेको बताए । प्राइम टिभीसँग कुरा गर्दै प्रसाईंले सभापति लामिछानेको पार्टीलाई लुटेराको पार्टी भएको संज्ञा दिए ।