
काठमाडौं, २७ चैत । आज सोमबार मुलुकको पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । बाँकी भागको मौसम भने सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनसहित सहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । बाँकी प्रदेशको मौसम सफा रहनेछ ।
त्यस्तै, सोमबार राति मुलुकको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।











प्रतिक्रिया