३ कार्तिक २०८३, मंगलबार

सरकार र मिटरब्याजी पीडितबीच पहिलो चरणको वार्ता सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ ।

आइतबार काठमाडौंको शान्तिबाटीका भएको वार्ताकाक्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरुका बिषयमा जानकारी गराएका छन् ।

मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागकाबारेमा अध्ययन गर्ने र सोमबार पुन वार्तामा बस्ने जनाएका छन् । वार्ताका लागि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली शान्तिबाटीका पुगेको थियो ।

गृहका प्रवक्ता बस्नेतले पहिलो दिन परिचयात्मक कार्यक्रम भएको र पीडितहरुको मागसहितको पत्र प्राप्त भएको जानकारी दिए ।

उनले सरकारकोतर्फबाट ५ जनाको टोली बनेको र पीडितको वार्ता टोली १९ जनाबाट घटाउन आग्रह गरेको बताए । सोमबार पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको उनले जानकारी दिए ।

त्यस्तै पीडितकोतर्फबाट अवदेश कुशवाहाले सरकारले आफ्नो मागलाई गम्भीरपूर्वक सुनेपछि आगामी वार्ताले माग पूरा हुने वा नहुने टुङ्गो लाग्ने बताए ।

उनले सरकारसँग थप छलफल र वार्ताका लागि आवश्यक सहजीकरणका साथ प्रस्तुत हुने बताए ।