
धादिङ, २६ चैत । पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आइतबार धादिङको अतिबिकट भनेर चिनिने रुबी भ्याली गाउँपालिका कमिटीले भव्य कार्यक्रम आयोजना गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम् प्रमुख अतिथिका रुपमा सहभागी भएको कार्यक्रममा सयौँ स्थानीयको सहभागिता थियो । स्थानीय जनताको सक्रिय उपस्थितिले पुलकित बनेका ओली एकाएक दर्शकदीर्घातर्फको भुइँमा थचक्क बसे ।
उनको साथमा गएकी पत्नी राधिका शाक्य पनि ओलीसँगै दर्शकदीर्घामा पुगिन् । आयोजकहरूले मञ्चमा व्यवस्थापन गरिएको शोफामा बस्न आग्रह गरे पनि ओलीदम्पत्ति निकैबेर भुइँमा बसेर अन्य नेताहरूको भाषण सुनिरहे । जब आफ्नो सम्बोधनको क्रम आयो तब ओली र राधिका उठेर मञ्चतर्फ गएका थिए ।
हेरौँ कार्यक्रमका थप केही तस्वीरहरू–


































प्रतिक्रिया