३० आश्विन २०८३, शुक्रबार

युवा संघको नवौँ महाधिवेशन भोलिदेखि, १० हजार मानिस उतार्ने तयारी (भिडिओ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २६ चैत । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन भोलिदेखि बाँकेको नेपालगञ्जमा सुरू हुँदैछ ।

आगामी २९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएकोबारे जानकारी दिन आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष पौडेलले उद्घाटन समारोहमा १० हजार मानिस उतार्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार महाधिवेशनमा देशभरबाट दुई हजार भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

नवौं राष्ट्रिय महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्दै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने उनको भनाइ छ ।

नेतृत्व चयन सर्वसहमत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने बताए । प्रतिनिधिको चाहना र भावना अनुसार आफूहरू अघि बढ्ने उनको भनाइ छ ।

महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इञ्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायत नेताहरु सहभागी हुँदैछन् ।