३० आश्विन २०८३, शुक्रबार

बीमा रकम ठगी प्रकरणमा सूर्यज्योति इन्स्योरेन्सका जुनियर अधिकृत बुढाथोकीसहित दुई जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने बीमा रकम ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने तथा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा ३६ वर्षीय पशुपति अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकीगाउँ बस्ने सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन् ।

मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बीमाबापतको रकम मृतक आफन्तहरूलाई दिलाइदिन्छु भन्दै बीमाबापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले यसअघि गत बिहीबार बिमा ६ जनालाई पक्राउ गरिसकेको छ ।

घटनाको थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न अधिकारीलाई शुक्रबार काठमाडौं महानगरपालिका–११ बाट र बुढाथोकीलाई शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलबिनायकबाट पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।