३ कार्तिक २०८३, मंगलबार

सन्दीपको मुद्दामा डाक्टर र साहब आलमको बकपत्र गराउन सर्वोच्चको आदेश

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । सर्वोच्च अदालतले सन्दीप लामिछानेविरूद्वको बलात्कार मुद्वामा मेडिकल गर्ने डाक्टर र साहब आलमको बकपत्र गराउन आदेश दिएको छ ।

आइतबार भएको सुनुवाइमा सर्वोच्चले दुई जनाको बकपत्र गराउन माग गरेको हो ।

गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उच्च अदालत पाटनले बदर गरेपछि सन्दीप धरौटीमा रिहा गरेको थियो ।

सर्वोच्च अदालतले पनि उच्च अदालतको निर्णय सदर गर्दै क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।