३० आश्विन २०८३, शुक्रबार

आईएमई–पे बाट आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, चैत २६ । आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’ ले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ ।

सेवाग्राहीहरुले आईएमइ–पे एप डाउनलोड गरी आईएमई–पे एपमार्फत ‘इन्स्योरेन्स’को ‘पे–प्रिमियम’मा गई ‘आईएमर्ई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन् ।

उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको हो ।

भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्घित ‘आईएमई–पे’ (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन ।