३ कार्तिक २०८३, मंगलबार

दुर्गा प्रसाईंलाई चिन्दिनँ, अडिओको आवाज मेरो होइन: रास्वपा सांसद श्रेष्ठ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ आफ्नो नभएको बताएका छन् ।

अडिओ सार्वजनिक भएपछि श्रेष्ठले पार्टीको म्यासेन्जर ग्रुपमा अडिओ आफ्नो नभएको र दुर्गा प्रसाईलाई पनि नचिन्ने सन्देश पठाएका हुन् ।

अडियोको स्वर आफ्नो नभएको उनले पार्टीलाई पठाइको सन्देशमा भनेका छन् ।

‘म दुर्गा प्रसाईंलाई चिन्दिनँ, कहिल्यै उहाँसँग पैसा मागेको छैन’, उनले पठाएको सन्देशमा भनेका छन् ।

पार्टीले उनलाई निलम्बन गरेर छानबिन अगाडि बढाएको छ ।