
काठमाडौं, २६ चैत । व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।
श्रेष्ठलाई निलम्बन गर्दै छानबिन समिति गठन गरिएको रास्वपाले जानकारी दिएको छ ।
पदाधिकारी बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । थप छानबिनका लागि अनुशासन समितिलाई जिम्मा दिइएको छ । समितिले प्रकरणको अध्ययन गरी सात दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने छ ।
श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै प्रसाईसँग दुई करोड मागेका थिए ।















प्रतिक्रिया