
काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने श्रेष्ठले अडियोमा बताएका छन् । श्रेष्ठले यसबारेमा पार्टी प्रवक्ता मुकुल ढकाललाई थाहा नभएको बताएका छन् । मुकुल कोर टीममा नभएको श्रेष्ठले प्रसाईलाई बताएका हुन् ।
अडियोमा सांसद तोसिमा कार्कीकोसमेत कुरा भएको छ । यसबारेमा तोसिमालाई पनि थाहा नदिने श्रेष्ठ र प्रसाईबीच कुराकानी भएको सुन्न सकिन्छ ।
अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । श्रेष्ठमाथि छानबिन गरेर निलम्बनको तयारी गरिएको बताइएको छ ।















प्रतिक्रिया