
काठमाडौं, २६ चैत । क्रिकेटर सन्दीप लामिछानेको मुद्वाको आज अन्तिम सुनुवाइ हुँदैछ ।
मुद्वाको सुनुवाइ न्यायाधीश शंकरराज बरालको इजलासमा तोकिएको छ । यसअघि चैत २२ गते पेशी तोकिएको मुद्वा हेर्न नभ्याइनेमा परेको थियो । सन्दीपको मुद्वा आज तेस्रो नम्बरमा परेको छ ।
रहेकाले उक्त मुद्दामा सुनुवाई हुने सम्भावना छ। १७ वर्षीय बालिका बलात्कार अभियोगमा सन्दीप गत २० असोजमा पक्राउ परेका थिए । अदालतको आदेशबाट उनी पुपक्र्षका लागि कारागार चलान भएका थिए ।
पछि उच्च अदालत पाटनले उनलाई सर्तसहति २० लाख रुपैयाँ धरौटीमा जेल मुक्त गरेको थियो । अदालतले उनलाई विदेश जान र काठमाडौं उपत्यका छाड्न प्रतिवन्ध गरेको थियो ।
पछि सर्वोच्च अदालतले विदेश जाने प्रतिबन्ध फुकुवा गरेको थियो ।















प्रतिक्रिया