३० कार्तिक २०८३, सोमबार

तोकिएकै ठाउँमा विद्यालय सामाग्री खरिद गर्न बाध्य पार्ने विद्यालयलाई महानगरले कारबाही गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँबाट किताब तथा विद्यालय पोशाक खरिद गर्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले अभिभावकलाई तोकिएकै ठाउँमा किताब तथा विद्यालय पोशाक खरिद गर्न बाध्य तुल्याउने कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकका ०६९ विपरित भएको हुँदा उलंघन गर्नेलाई कारबाही हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस्’ लेख्दै उनले भनेका छन्,‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।’

त्यस्तै, मेयर बालेनले महानगरपालिकाभित्रका सबै विद्यालयलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका ०६९ अनुसार कार्य गर्न तथा गराउन पनि अनुरोध गरेका छन् ।