३० कार्तिक २०८३, सोमबार

सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । बालिका जबरजस्ती करणी गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज आइतबार सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार उनको मुद्दाको पेशी तोकिएको छ । गोला प्रथाबाट मुद्दाको इजलास चयन हुनेछ ।

मुद्दाको पेशी तस्रो नम्बरमै तोकिएको हुँदा आइतबार नै सुनुवाइ हुने सम्भावना रहेको छ । उनी विरुद्धको मुद्दामा दुवै पक्षको सुनुवाइ सकिसकेको छ ।

१७ वर्षीय बालिका बलात्कार अभियोगमा सन्दीप गत २० असोजमा पक्राउ परेका थिए । अदालतको आदेशबाट उनी पुपक्र्षका लागि कारागार चलान भएका थिए । पछि उच्च अदालत पाटनले उनलाई सर्तसहति २० लाख रुपैयाँ धरौटीमा जेल मुक्त गरेको थियो । अदालतले उनलाई विदेश जान र काठमाडौं उपत्यका छाड्न प्रतिवन्ध गरेको थियो ।

पछि सर्वोच्च अदालतले विदेश जाने प्रतिबन्ध फुकुवा गरेको थियो ।