३० कार्तिक २०८३, सोमबार

सडक सचेतना अभियानमा ६ सय ८६ चालक सहभागि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । ट्राफिक प्रहरीले सञ्चालन गरेको सडक सुरक्षा अभियानमा ६ सय ८६ चालक सहभागि भएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्रका विभिन्न ठाउँमा सडक सुरक्षा अभियान सञ्चाल गदै आएको छ ।  कार्यक्रममा चालकहरूलाई मादक पदार्थ सेवन, लागुऔषध सेवन, र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका सम्वन्धमा जानकारी गराइएको थियो ।  त्यस्तै तिव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि उनीहरुलाई सजग गराइएको थियो ।

ट्राफिक कार्यालयका अनुसार कालिमाटीमा १ सय ५०, कमलविनायकमा १ सय १०, नगरकोटमा ६०, सातदोबाटोमा ५७, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३०, नयाँबसपार्क, कपन, भक्तपुर, नेपालटारमा २५–२५, फर्पिङमा २०, काँडाघारीमा १७, कमलपोखरीमा १५ र टोखामा ९ चालक अभियानमा सहभागि थिए ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले चालक लक्षित चेतनामूलक कार्यक्रम गरिएको बताए । ट्राफिक प्रहरी कार्यालयमै सहभागि गराएर कार्यक्रम गर्दा समय अभाव हुने भएकाले ‘अन द स्पट’ चेतनामूलक कार्यक्रम गरिएको एसएसपी भट्टले जानकारी दिए ।