३० आश्विन २०८३, शुक्रबार

महिला दिदीबिहिनीले गर्दा एमाले बलियो भएको हो : केपी ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको बताएका हुन् ।

महिला दिदी–बहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएको ओलीले चर्चा गरे । ‘महिलाहरू हरेक तरबार हो । एमालेका विरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन्,’ ओलीले भने, ‘महिला दिदीबहिनीको योगदान गर्दा पार्टी सुरक्षित भएर जोगिएर फेरि देशको प्रमुख पार्टीको हैसियतमा उभिएको छ ।’

कम्युनिष्ट आन्दोलनलाई महिला दिदी–बहिनीले प्रभावकारी, अनुसाशित र गतिशीलरूपमा अगाडि बढाएको एमाले अध्यक्ष ओलीको भनाइ छ । महिला अगाडि उभिएकाले एमालेलाई कसैले पनि हल्लाउन नसक्ने धारणा उनको छ ।

‘एमाले कसैले किन हल्लाउन सक्दैन, दुर्गाकाली नवदुर्गा भएर हाम्रा महिला दिदीबहिनी अगाडि उभिनुभएको छ,’ अध्यक्ष होलीले भने । अस्तव्यस्त पार्न थालिएको एमालेको सङ्गठनलाई बलियो र खदिलो बनाएर अगाडि बढाइएको भन्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोडिँदै जानुपर्ने बताए ।

पार्टीमा गुटबन्दी र पक्ष–विपक्ष छैन

यस्तै, अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको स्पष्ट पारेका छन् । ‘एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन । सबै एकजुट रहेका छन्,’ उनले भने, ‘स्वार्थका लागि कसैले यस्तो उस्तो नगर्नुहोस् । स्वार्थका लागि साना–साना समूह नबनाउनुहोस् ।’