३ कार्तिक २०८३, मंगलबार

एकसय दिनमा परिवर्तनको शंखघोष गर्न नसके राजनीतिबाट सन्यास लिन्छु: रवि लामिछाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेर गएको एकसय दिनमा नयाँ परिवर्तनको आभास दिलाउन नसके राजनीतिबाट सन्यास लिने उद्घोष गरेका छन् ।

उपनिर्वाचनको प्रचारप्रसारका लागि तनहुँको आँबुखैरनीमा आयोजित कार्यक्रममा बाल्दै लामिछानेले एकसय दिनमा इतिहास बनाउन नसके राजीनामा दिने बताएका हुन् ।

मलाई मात्र १ सय दिनको भाग दिनुस् । यसका लागि मैले बारम्बार भन्दै आइरहेको छु, मात्र १ सय दिनमा देशको इतिहासले आजसम्म नगरेको परिवर्तनको शंखघोष गर्न सकेनौं भने अरु साथीहरुलाई छाडेर म राजनीतिबाट सन्यास लिन्छु,’ उनले भने ।

उनले आफूले यो कुरा लागुपदार्थ सेवन गरेर नगरेको भन्दै एकसय दिनभित्र आजसम्म नभएको काम गर्ने बताएका हुन् ।

‘मैले यी चिज भन्दैगर्दा, म होसमा छु, म दिउँसो छु, म निदाएको छैन। मैले आँखा खोलेको छु। मैले कुनै लागुपदार्थ सेवन गरेको छैन,’ उनले भने, ‘एक सय दिनभित्र आजसम्म इतिहासमा नभएको काम गर्न सक्छु,’ उनले भने ।

शक्तिले देशमा परिवर्तन ल्याउन सक्ने उनले बताए ।