
काठमाडौं, २५ चैत । सभामुख देवराज घिमिरेले वर्तमान प्रणाली नेतृत्व गरिहेका राजनीतिक दलका नेता कुर्सीका लागि मात्रै होडबाजी गरिहेको बताएका छन् ।
राष्ट्रिय सभागृहमा भएको लायन्स क्लबको जिल्ला अधिवेशनमा सभामुख घिमिरेले पदको प्रतिष्पर्धामा भन्दा लायन्स क्लब अलग रहेको बताए ।
‘हाम्रो प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरुकुर्सीका लागिमात्रै होडबाजी गरेको हुन् कि जस्तो लाग्न थालेको छ । यस्तो बेला लायन्स क्लबले अपनाएको प्रणालीमा पदका लागि प्रतिस्पर्धा कम देखिन्छ । तर, निश्वार्थ ढंगले गरिएका काम धेरै देखिन्छ । यो प्रजातान्त्रिक अभ्यास हो,’ सभामुख घिमिरेले भने ।
कार्याक्रममा उनले अन्धोपन निवारण तथा स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा लायन्स क्लबले उल्लेखनिय काम गरेको बताए ।
ठूला विपत्तिका बेला क्लबले ठूलो परिमाणको अन्तराष्ट्रिय सहयोग जुटाएर शैक्षिक, स्वास्थ्य र वातावरण क्षेत्रको उल्लेखनीय काम गरेको घिमिरेको भनाइ छ ।















प्रतिक्रिया