३ कार्तिक २०८३, मंगलबार

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट शनिबार एक साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्‍चिमतर्फ जाँदै गरेको लु १ ख ७६२९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।