
काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार बिहानै राजनीतिक दलका नेताहरूमाथि आक्रोश पोखेका छन् ।
बालेनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । उनले आजबाट सिंहदबारको फोहोर नउठ्ने पनि बताएका छन् ।
फोहोरमा हुँदै आएको राजनीतिकरणप्रति लक्षित गर्दै बालेनले अभिव्यक्ति दिएका अनुमान गरिएको छ ।
‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’उनले लेखेका छन् ।















प्रतिक्रिया