३ कार्तिक २०८३, मंगलबार

पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । पाटक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । ५ गते ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो ।

१७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन । बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने तालिका छ ।

२०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकोमा २०३६ देखि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुँदै आएको थियो। त्रिविमा एक दशकदेखि निर्वाचन हुन सकेको थिएन ।

सभापतिका लागि मात्रै आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् । मुख्यगरी सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट, नेविसंघका युवराज थिङ र अनेरास्ववियुका सुरेश जिसी चर्चामा छन् ।