३ कार्तिक २०८३, मंगलबार

मिटरब्याज पीडितसँग वार्ताका लागि अर्को समिति गठन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । गृहमन्त्रालयले मिटरब्याज पीडितसँग वार्ताका लागि अर्को पनि समिति गठन गरेको छ ।

मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो ।

समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली र गृह मन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।