३० आश्विन २०८३, शुक्रबार

आईएमई–पे र एम बैंकबीच सम्झौता, के–के पाइन्छन् सुविधा ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आईएमई–पे र एम बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा आईएमई–पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।

म्झौता अनुसार एम बैंक एपमार्फत ६५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आईएमई–पे वालेटमा रकम लोड, आईएमई–पेबाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानीलगायत अन्य डिजिटल सेवा उपलब्ध हुने बताइएको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिदै आएको आईएमई–पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आईएमई–पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन् ।